बालुवाटार जग्गा प्रकरण

पूर्वप्रधान मन्त्रीद्वय नेपाल र भट्टराईविरुद्धको मुद्दा प्रधान न्यायाधीशको इजलासमा

काठमाडौँ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधान मन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा चलाउन माग गरिएको रिट पेशी चढेको छ । सोमबार (आज) प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा पहिलो नम्बरमै पेशी तोकिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पूर्वप्रधान मन्त्रीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दायर गरेका थिए । यसअघि यो रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनीहरुविरुद्ध मुद्दा नचलाउने निर्णयको फायल झिकाएको थियो ।

नेपाल प्रधान मन्त्री हुँदै बालुवाटार विस्तार भएको थियो । त्यही निर्णयका कारण नक्कली मोही खडा गरेर व्यक्तिको नाममा जग्गा पुगेको थियो । सत्ता गठबन्धनमा प्रधान न्यायाधीश जबराले पनि मन्त्रालय मागेको र नेपाल–भट्टराईले नमानेको भनिएका बेला उनीहरूविरुद्धको मुद्दा प्रधान न्यायाधीश आफैँले हेर्न लागेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *