पोखरा प्लेअफको नजिक‚ काठमाडौँलाई कठिन

काठमाडौँ । एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा पोखरा राइनोजले काठमाडौं किङ्स ११ लाई १४ रनले हराएको छ ।

पहिले ब्याटिङ गरेको काठमाडौंले  २० ओभरमा ८  विकेट गुमाउँदै १८३ रन बनाएपछि  जवाफी ब्याटिङ थालेको पोखराले १४ ओभरमा ५ विकेट गुमाएर १४२ रन बनाएको अवस्थामा पानी परेर खेल  रोकिएपछि डक वर्थ लुइस नियमअनुसार पोखरा १५ रनले विजयी भएको हो ।

पोखराका लागि विवेक यादव ४१ र सहान आर्चिजले ४३ रन बनाए । काठमाडौंका जितेन्द्र मुखिया र गुल्सन झाले दुई दुई विकेट लिए ।

कीर्तिपुरमा पहिले ब्याटिङ गरेको काठमाडौँका लागि अमित श्रेष्ठले ५६ र रायन बर्लले ५० रन बनाएका थिए । कप्तान सन्दीप लामिछानेले ११ बलमा ३१ रनको आक्रामक इनिङ खेले ।

पोखराका विवेक यादवले ३ विकेट लिए । जितसँगै पोखरा प्ले अफको नजिक पुगेको छ । हारपछि काठमाडौँलाई भने प्ले अफमा पुग्न कठिन भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *