बंगलादेशसँग बराबरीमा रोकियो भारत

काठमाडौँ । माल्दिभ्समा जारी १३औँ संस्करणको साफ च्याम्पियनसीप फुटबलमा उपाधि दाबेदार भारत बंगलादेशसँग बराबरीमा रोकिएको छ ।

सोमबार भएको खेलमा भारत बंगलादेशसँग १-१ गोलको बराबरीमा रोकिएको हो । माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा भारत बराबरीमा रोकिएको हो ।

खेलको २६ औँ मिनेटमा सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए भने ७४ औँ मिनेटमा यसीन अराफतले बंगलादेशको तर्फबाट गोल गर्दै बंगलादेशलाई हारबाट जोगाएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *