प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बस्दैछ । आज दिउँसो १ बजे संसद बैठक बस्ने भएको हो ।आजको बैठकमा  संवैधानिक आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन २०७६/७७ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नियमित रुपमा संसदमा नाराबाजी गर्दै आए पनि सभामुख अग्निप्रसाद सापकोटाले संसदको काम कारबाही सञ्चालन गर्दै आएका छन् । आज पनि सदनमा एमालेले नारावाजी गर्ने सम्भावना कायम छ भने सभामुखले संसदको कारवाही अगाडि बढाउने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *