‘रिफ्रेसमेन्ट’का लागि चन्द्रागिरि पुगेकी राष्ट्रपति आज फर्किँदै

काठमाडौँ । ‘रिफ्रेसमेन्ट’का लागि चन्द्रागिरि पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार (आज) फर्किँदै छिन् । राष्ट्रपति भण्डारी सोमबार (हिजो) साँझ चन्द्रागिरि पुगेकी थिइन् ।

माइक्रो चढेर त्यहाँ पुगेकी राष्ट्रपति चन्द्रागिरि हिल्समा बास बसेकी थिइन् । बिहान भालेश्वर मन्दिरमा पूजाअर्चना गरेसँगै खाना खाएर उनी पुनः शीलतनिवास फर्कने कार्यक्रम छ ।

राष्ट्रपतिका प्रेस सल्लाहकार टीका भट्टराईकाअनुसार राष्ट्रपतिको यो पारिवारिक र व्यक्तिगत भ्रमण हो । ‘यो उहाँको नितान्त पारिवारिक भ्रमण हो,’ भट्टराईले भने, ‘उहाँ आजै चाँडै फर्किँदै हुनुहुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *