प्रधान न्यायाधीशले बोलाए ‘फुलकोर्ट’

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले ‘फुलकोर्ट’ बोलाएका छन् । मंगलबार (आज) बस्नेगरी प्रधान न्यायाधीश जबराले फुलकोर्ट बोलाएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताए ।

प्रवक्ता दाहालकाअनुसार प्रधान न्यायाधीश जबराले दशैं बिदा र त्यस अवधिमा सञ्चालन हुने सर्वोच्च अदालतको गतिविधिबारे छलफल तथा निर्णय गर्न फुलकोर्ट बोलाएका हुन् । ‘उहाँले आजै बस्नेगरी बोलाउनुभएको छ,’ प्रवक्ता दाहालले मकालुखबरसँग भने, ‘दशैं विशेष बैठक हो । दशैं बिदामा बन्दी प्रत्यक्षीकरणका रिट हेर्ने विषयमा बैठकमा छलफल हुने र मुद्दा सुनुवाइ गर्ने न्यायाधीशहरुको नामको टुङ्गो लगाउने एजेण्डा छ ।’

सर्वोच्च अदालतले कुनै महत्त्वपूर्ण निर्णय लिनुपर्दा फुलकोर्ट बोलाउने गर्छ । यसबीचमा प्रधान न्यायाधीश जबराले मन्त्रिपरिषद् विस्तारमा भाग खोजेको भन्ने समाचार सार्वजनिक भएको थियो । यसबारेमा पनि छलफल हुन्छ ? भन्ने जिज्ञासामा प्रवक्ता दाहालले भने, ‘त्यो होइन । त्यो विषय नै छैन । यो खाली दशैं बिदाको लागि हो ।’ यद्यपि त्यो विषयमा पनि छलफल हुने श्रोतले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *