ईपीएल : क्वालिफायरमा चितवन र पोखरा खेल्ने

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको क्वालिफायरमा चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुने भएको छ ।

ईपीएलको राउन्ड रोबिन लिगपश्चात शीर्ष दुई टोली फाइनल प्रवेशका लागि क्वालिफायरमा खेल्ने प्रावधानअनुसार बुधबार बिहानको खेलमा चितवन र पोखराबीच प्रतिस्पर्धा हुन लागेको हो ।

मंगलबारको नतिजा एक अंक जोडेको भैरहवाले पोखरासँगै समान ७ अङ्क भएको थियो । तर सर्वाधिक खेल जितेको हिसाबमा पोखराले भैरहवालाई उछिन्दै दोस्रो स्थान हात पारी क्वालिफायरमा पुगेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *