जसपाको भागमा चार मन्त्रालय‚ मन्त्री चयनको जिम्मा पार्टी अध्यक्षलाई

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको चयन गर्ने जिम्मा पार्टी अध्यक्षलाई दिएको छ ।

सिंहदरबारमा मंगलबार बसेको जसपा संसदीय दलको बैठकले सरकारमा सहभागी हुन पार्टीलाई चारवटा मन्त्रालयको जिम्मा आएको भन्दै मन्त्रालयलमा पठाउने व्यक्तिको चयन गर्ने जिम्मा पार्टी अध्यक्षलाई दिने निर्णय गरेको जसपा सांसद राजकिशोर यादवले जानकारी दिए ।

उनले जसपाको भागमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि मन्त्रालय, संघीय मामिला मन्त्रालय र वन मन्त्रालय परेको बताए ।

बैठकमा अध्यक्ष उपेन्द्र यादवले मन्त्रिमण्डल बाँडफाडका विषयमा गठबन्धनमा भएको छलफलका बारेमाा जानकारी गराएका थिए । पार्टीको भागमा चारवटा मन्त्रालय परेको र आकांक्षी धेरै रहेकाले समावेशी र मूल्याङ्कनका आधारमा मन्त्री चयन गर्ने अधिकार अध्यक्षलाई दिएको यादवले बताए ।

यसअघि मंगलबार बसेको गठबन्धनदलका शीर्ष नेताको बैठकले मन्त्रिमण्डल बाँडफाँडको संख्या टुङ्गो लगाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *