पूर्वराजदूत पौडेल र मास्केसहित माओवादी केन्द्रको विदेश विभाग गठन

काठमाडौँ । माओवादी केन्द्रले सुरेन्द्र कार्की (राम कार्की)को अध्यक्षमा ३१ सदस्यीय विदेश मामिला विभाग गठन गरेको छ । पूर्वमुख्य सचिव तथा चीनका लागि नेपालका पूर्वराजदूतहरू लीलामणि पौड्याल र डा. महेश मास्केसहित विभिन्न देशका पूर्वराजदूतहरू समेटेर विभाग गठन गरेको हो ।

सुरेश आलेमगर उपप्रमुख रहेको समितिमा पूर्वराजदूतहरू लक्की शेर्पा, पदम सुन्दास, महेन्द्र सिंह, ऋषिराम अधिकारी, युवनाथ लम्साल, राममणि पोखरेललगायत रहेको माओवादी केन्द्रले जनाएको छ ।

यस्तै सदस्यहरूमा सुदन किराँती, जोखबहादुर महरा, ओम शर्मा, विमल अधिकारी, रुपक सापकोटा, प्रमोद जैसवाल, सुनिल पौडेल, अमन श्रेष्ठ, प्रदीप परियार, इन्द्र भट्टराई, कल्याणी शाह, प्रकाशबाबु पौडेल, एलबी थापा, रविमोहन कोपिला, श्यामकुमार श्रेष्ठ, टीबी पाठक, पुष्प न्यौपाने, यङ्कनाथ अर्याल, बलु गैरे, बाबुलाल पुन र शिवसिंह ओली, सदस्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *