रविलाल पन्थ सचिवमा बढुवा

काठमाडौँ । वरिष्ठ सहसचिव रविलाल पन्थ सचिवमा बढुवा भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पन्थलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सोमबार साँझ सिंहदरबारमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले ज्येष्ठताको आधारमा पन्थको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *