धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त

काठमाडौँ। सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गर्ने निर्णय गरेको छ । सर्वोत्तम सिमेण्टको संस्थापक शेयर खरिद प्रकरणमा मुछिएका अध्यक्ष ढुंगानालाई मंगलबारको मन्त्रिपरिषद् बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो ।

पूर्वन्यायाधीश अनन्तराज डुम्रे नेतृत्वको जाँचबुझ समितिको सिफारिसअनुसार अध्यक्ष ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको बताईको छ । पदको दुरुपयोग गर्दै छोरीको नाममा शेयर नामसारी गराएको आरोप लागेपछि सरकारले ढुंगानामाथि जाँचबुझ गर्न समिति गठन गरेको थियो ।

उक्त शेयर खरिद प्रकरणमा जोडिएका नेपाल स्टक एक्स्चेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले यस अघि नै राजीनामा दिइसकेका छन् भने नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल पनि बोर्डको सञ्चालक समितिबाट राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *