भारतमा हेपाइ सहेपछि क्रान्तिमा लागेँ : बाबुराम भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भारतमा नेपाल र नेपालीप्रति व्यवहार आफूले भोगेको बताएका छन् । उनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले चण्डिगढमा पढ्न जाँदा त्यहाँका प्रिन्सिपलले नेपाल कहाँ छ ? भनेको उल्लेख गरेका छन् । ‘राजदूत @RanjitRae ​(रञ्जित रे) ले भनेझैं भारतमा नेपाल/नेपालीबारे कस्तो आम बुझाइ छ भन्ने म आफैंले प्रत्यक्ष भोगेको छु,’ उनले अगाडि भनेका छन्, ‘चण्डिगढमा पढ्न जाँदा त्यहाँका प्रिन्सिपलले मसँग पहिलो भेटमा ‘Where is Nepal?’ (नेपाल कहाँ छ?) भने ।’

उनले भारतमा हेपाइ सहेपछि क्रान्तिमा लागेको पनि खुलाए । ‘ठूलाबडाको घरमा जाँदा ‘My servant is also from Nepal’ (मेरो नोकर पनि नेपालकै हो) भनेको आदि कारणले पनि म क्रान्तिमा लागेको हुँ,’ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *