माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ ।  आज दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडाँमा बैठक बस्ने लागेको एक नेताले जानकारी दिए । सरकारमा पठाउने मन्त्रीको नाम टुङ्गो लगाउन आज स्थायी कमिटी बैठक बस्न लागेको हो ।

यसअघि नै माओवादी केन्द्रले ऊर्जा र अर्थ मन्त्रालय पाइसकेको । अब शिक्षा, श्रम र भूमिसुधार मन्त्रालय पाउन लागको बताइएको छ  । माओवादीले यसअघि नै अध्यक्ष प्रचण्डलाई मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मा दिएको थियो ।

यद्यपि हालसम्म पनि मन्त्रीको नाम टुङ्गो लाग्न सकेको छैन । यस्तै सत्तारुढ गठबन्धनका कारण झन्डै तीन महिना मन्त्रिमण्डल विस्तार हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *