विशाल जितसहित चितवन फाइनलमा
काठमाडौँ । चितवन टाइगर्स चौथो एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार कीर्तिपुरमा भएको पहिलो क्वालिफायरमा पोखरा राइनोजलाई ९ विकेटले हराउँदै चितवन फाइनलमा पुगेको हो । ६७ रनको लक्ष्य चितवनले मात्र ७ ओभर ५ बलमा १ विकेट गुमाएर पूरा गर्यो ।
चितवनका लागि मोहमद सेहजादले सर्वाधिक ४८ रन बनाए । उनले मात्र २६ बलमा ७ चौका र २ छक्का प्रहार गरे । टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १५ ओभरमा अलआउट हुँदै ६६ रन मात्र बनाउन सकेपछि चितवनले सामान्य लक्ष्य पाएको थियो ।
पोखराका लागि रिचार्ड लेभीले १९, सुनिल धमलाले १८ र सुशन भारीले १२ रन बनाउनु बाहेक अन्य ब्याट्स्म्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । चितवनका सागर ढकाल र शाहब आलमले ४/४ विकेट लिए ।
आज पराजित भएपनि पाेखराले दाेस्राे क्वालिफायर खेल्न पाउनेछ । पाेखराले फाइनल प्रवेशका लागि एलिमिनेटरकाे विजेतासँग प्रतिस्पर्धा गर्नेछ । एलिमिनेटरमा आज नै भैरहवा ग्लाडियटर्स र काठमाण्डाै किङ्ग्स ११ खेल्दैछन् । यो खेलको विजेता र पोखराबीच भोली खेल हुनेछ । यो खेल जित्ने टिमले उपाधिका लागि चितवनसँग खेल्नेछ ।