मन्त्रीको नाम टुङ्ग्याउन जसपाको बैठक जारी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठक बसिरहेको छ । बैठकले आफ्नो दलबाट सरकारमा सहभागी हुने नेताहरूको नाम टुङ्गो लगाउने नेता रेणु यादवले बताइन् ।

जसपाले भौतिक पूर्वाधार, कृषि, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण मन्त्रालय पाउँदै छ । यी मन्त्रालयहरूको जिम्मेवारी क–कसलाई दिने भन्नेलगायतको विषयमा बैठकले टुङ्गो नेता यादवले बताइन् । ‘मुख्य एजेण्डाका रूपमा यी नै विषयहरू छन्,’ यादवले भनिन्, ‘यससँगै पार्टीकेन्द्रित कतिपय विषयहरू पनि छन् । ती विषयहरूमा पनि छलफल हुन्छ र आवश्यक निर्णय लिइन्छ ।’

गत मंगलबार बसेको जसपा संसदीय दलको बैठकले मन्त्रीबारे निर्णय लिने अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिएको थियो । अध्यक्ष यादवले मन्त्रीको नाम टुङ्गो लगाउनुभन्दा पहिले कार्यकारिणी समितिको बैठकबाट पनि त्यसको म्याण्डेट लिन लागेका हुन् ।

जसपामा मन्त्रीका आकांक्षी धेरै देखिएका छन् । शुरूमा जसपाले ८ मन्त्रालय माग गरेको थियो । ८ मागे पनि ६ मन्त्रालय पाउने जसपाको आशा थियो । तर चारवटा मन्त्रालय मात्र पाएपछि मन्त्री व्यवस्थापनमा समस्या भएको नेताहरू बताउँछन् ।

नेताहरूकाअनुसार जसपाले नयाँ अनुहारलाई सरकारमा पठाउने तयारी गरेको छ । मन्त्रीका दाबेदारीहरूमा महेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, रेणु यादव, मृगेन्द्र यादव, ईस्तियाक रायन राई, अमृता अग्रहरिलगायत मन्त्री बन्ने बताइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *