मन्त्रीबारे छलफल गर्न पौडेल पक्षको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहका नेताहरूको बैठक बोलाएका छन् । दिउँसो २ बजेपछि पौडेलनिवास बोहराटारमा बोलाइएको बैठकमा आफ्नो समूहबाट मन्त्री बनाइनेहरु बारे छलफल हुने पौडेल पक्षले जनाएको छ ।

बैठकमा महामन्त्री डा‍. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाललगायतलाई बोलाइएको पौडेल पक्षले जनाएको छ । मन्त्रीमण्डलमा पौडेल पक्षले सरकारमा २ मन्त्रालय पाउने सम्भावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *