प्रकाशमान र विप्लवबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । दुई नेताबीच सिंहनिवास चाक्सीबारीमा भेट भएको सिंहका प्रेस सहयोगी यूपी लामिछानेले बताए ।

लामिछानेकाअनुसार उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । ‘भेटमा पछिल्लो मुलुकको समसामयिक राजनीतिक अवस्थाको विषयमा छलफल भयो,’ लामिछानेले भने, ‘नयाँ विषयहरू केही छैनन् ।’

झन्डै दुई वर्षको आफ्नो पार्टीमाथिको प्रतिबन्ध हटेपछि विप्लवले शीर्षस्थ दलका नेताहरूसँग भेट्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *