माओवादीले टुङ्ग्यायो मन्त्रीको नाम (सूचीसहित)

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले मन्त्रीहरूको टुङ्गो लगाएको छ । बुधबार (आज) बसेको स्थायी कमिटी बैठकले ३ मन्त्री र १ राज्यमन्त्रीको टुङ्गो लगाएको हो ।

माओवादीबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने भएका छन् भने बोधमाया यादवले राज्यमन्त्रीको जिम्मेवारी पाउनेछिन् ।

माओवादीबाट यसअघि जनार्दन शर्मा अर्थमन्त्री छन् भने पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिचाईं मन्त्रालयको जिम्मेवारीमा छिन् ।

कुन नेतालाई कुन मन्त्रालय भन्ने विषयमा भने भोलि बिहानसम्म अन्तिम टुङ्गो लाग्ने प्रवक्ता कृष्णबहादुर महराले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *