कुनै दलमा गएको छैन‚ गएँ भने आफैँ सार्वजनिक गर्छु : लीलामणि पौडेल

काठमाडौँ । पूर्वमुख्य सचिव तथा चीनका लागि नेपालका पूर्वराजदूत लीलामणि पौड्यालले कुनै दलमा जाने भए आफैँले सार्वजनिक गर्ने बताएका छन् ।

आफू माओवादीमा प्रवेश गरेको भन्ने विषयमा ट्वीटरमा स्पष्टीकरण दिँदै पौड्यालले यसबारेमा कसैले आफूसँग सहमति नलिएको र ३८ वर्षदेखि कुनै राजनैतिक दलको सदस्य नभएको भन्दै कुनै दलमा प्रवेश गर्ने भए आफैँले सार्वजनिक गर्ने बताएका हुन् ।

उनको भनाइ-
बुबाको स्वर्गारोहण भएकाले विगत ७ हप्तादेखि गुल्मीमा छु । मलाई यस विषयमा कसैले सोधेको र सहमति पनि लिएको छैन । हाइस्कूलदेखि नै वामपन्थी विचारप्रति झुकाव राखेपनि विगत ३८ वर्षदेखि कुनै राजनीतिक दलको सदस्य छैन । कुनै दलमा जाने भए आफैँले सार्वजनिक गर्नेछु । शुभचिन्तकको चासोप्रति हार्दिक आभार ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *