आजदेखि सार्वजनिक यातायातलाई रुट परमिट नचाहिने

काठमाडौँ । आजदेखि आजदेखि यात्रुवाहक सवारी साधनलाई रुट परमिट नचाहिने भएको छ । सरकारले यात्रुवाहक सवारीसाधनलाई देशभर कार्यान्वयन हुने गरी रुट परमिट (सडक अनुमति)नचाहिने व्यवस्था गरेको हो ।

दसैँलगायत चाडपर्वमा आवत–जावतलाई सहज बनाउन भन्दै यस्तो व्यवस्था गरिएका यातायात व्यवस्था विभागले जनाएको छ । यस्तै बुधवारदेखि बढी व्यस्त हुने नारायणघाटदेखि काठमाडौँसम्म ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

यद्यपि अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने साधनलाई भने रोकिने छैन । ठूला सवारीसाधनलाई भने ३ कात्तिक (कोजाग्रत पूर्णिमा)सम्म रोक लगाएको विभागले जनाएको छ । तर, ढुवानी व्यवसायीहरूले भने सरकारको यो निर्णयबारे जानकारी नगराएको गुनासो गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *