भारतमा दशैँको मुखैमा कोरोना सङ्क्रमण बढ्यो, एकै दिन २२ हजार सङ्क्रमित थपिए
मकालु खबर
२०७८ असोज २१ गते
काठमाडौँ । भारतमा दशैँको पहिलो दिनमै कोरोना सङ्क्रमण बढेको छ । भारतभर बितेको २४ घण्टामा २२ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जबकि यसअघि भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या २० हजारभन्दा कम थियो ।
यस्तै गत २४ घण्टाभित्र ३१८ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् । भने २४ हजार ६०२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
चाडबाडको समयमा बढेको कोरोना सङ्क्रमण दरका कारण चिन्ता थपिएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । भारतमा पछिल्लो समय सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्यामा भने कमी आएको छ ।
मकालु खबर
२०७८ असोज २१ गते
प्रतिक्रिया