बेहुलीझैँ सिँगारियो धार्मिक नगरी (तस्बिरहरू)
२०७८ असोज २२ गते
जनकपुरधाम । यतिखेर धार्मिक नगरी जनकपुर बेहुलीझैँ सिँगारियोको छ । हिन्दु धर्मालम्वीहरुको महान् चाड दशैँको अवसरमा जनकपुरका विभिन्न शक्तिपीठहरुलाई बेहुली झैँ सिंगारिएको हो ।
बिहीबारदेखि विधिवत् रूपमा सुरु भएको बडादशैँको तयारी जनकपुरधाममा एक महिना पहिलादेखि नै हुने गर्दछ ।
राजा जनककी कुलदेवीको रूपमा चिनिएकी जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरलाई विशेष ढङ्गले सजाइ झिलिमिली बनाइएको छ ।
त्यस्तै बौद्धिमाई मन्दिर, अमरखाना माई मन्दिर, सोनासती मन्दिरलगायत विभिन्न शक्तिपीठहरुलाई पनि निकै आकर्षक ढङ्गले सजाइएको हो ।
जनकपुरधामको मुरली चोक, राम चोक, रामानन्द चोक र ब्रह्मर्षि चोकलगायतका चोकमा दुर्गाको प्रतिमा स्थापना गरी भव्य पण्डाल बनाएर नवरात्रिभरि विशेष पूजा गर्ने चलन छ ।
२०७८ असोज २२ गते
प्रतिक्रिया
सम्बन्धित