हमाल कांग्रेसकै कोटाबाट मन्त्री बनेका हुन् : प्रचण्ड
मकालु खबर
२०७८ असोज २३ गते
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गजेन्द्र हमाल नेपाली कांग्रेसको कोटाबाट मन्त्री बनेको बताएका छन् । शनिवार चितवनमा पत्रकारहरूसँग दाहालले यस्तो बताएका हुन् ।
हमाललाई प्रधानन्यायाधीश राणाको कोटाबाट मन्त्री बनाइएको आरोप लागेपछि ‘प्रचण्ड’ले उनी कांग्रेस भएको र कांग्रेसकै तर्फबाट मन्त्री बनेको दाबी गरेका हुन् । यस्तै अध्यक्ष दाहालले आगामी चुनावसम्म गठबन्धन बनाएरै अघि बढ्ने उल्लेख गरेका छन् ।
सांसद नै नरहेका तथा प्रधानन्यायाधीश चोलेन्द्र समसेर राणाका जेठान हमाललाई नियुक्त गरेकोमा प्रधानमन्त्री देउवाकाे चौतर्फि आलोचना भइरहेको छ ।
देउवाले हमाललाई शुक्रवार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त गरेका हुन् ।
मकालु खबर
२०७८ असोज २३ गते
प्रतिक्रिया
सम्बन्धित