पाकिस्तानका आणविक वैज्ञानिक खानको निधन
मकालु खबर
२०७८ असोज २४ गते
काठमाडौँ । पाकिस्तानका आणविक वैज्ञानिक डा अब्दुल कादीर खानको निधन भएको छ । फोक्सोको समस्याबाट पीडित खानको ८५ वर्षको उमेरमा आइतबार उपचारका क्रममा निधन भएको पीटिभिले जनाएको छ । वैज्ञानिक खानको आजै दाहसंस्कार गरिने बताइएको छ ।
पाकिस्तानमा उनलाई राष्ट्रिय हिरोको सम्मान प्रदान गरिएको थियो । पाकिस्तानलाई विश्वको पहिलो इस्लामिक देशका रूपमा स्थापित गर्नका लागि श्रेय खानलाई दिइन्छ ।
उनको जन्म सन् १९३६ मा भारतको भोपालमा जन्मिएका खान सन् १९४७ मा भारत विभाजन भएपछि परिवारसहित पाकिस्तान गएका थिए । सन् १९९८ मा भारतले आणविक परीक्षण गरे लगत्तै पाकिस्तानले पनि आणविक परीक्षण गरेको थियो । त्यस परीक्षणका लागि खानले वर्षौँदेखि मेहनत गरेका थिए ।
मकालु खबर
२०७८ असोज २४ गते
प्रतिक्रिया
सम्बन्धित