दसैँमा पाँच दिन मात्रै विद्यालय बिदा
मकालु खबर
२०७८ असोज २४ गते
रामेछाप । जिल्लाकाे रामेछाप नगरपालिकाका विद्यालय दसैँमा पाँच दिन मात्रै बन्द हुने भएका छन् । नगरपालिकाले सूचना जारी गरेर कोरोनाका कारण विद्यालय बन्द गर्नु परेको र हाल अवस्था सामान्य बन्दै गएकाले लामो बिदा नदिन विद्यालयलाई निर्देशन दिएको हो ।
फूलपाती असोज २६ गते देखि दसैँको भोलिपल्टबाटै विद्यालय सञ्चालन गर्न समेत निर्देशन दिएको हो । असोज ३० गते शनिबार भएकाले ३१ गते आइतबारबाट नियमित पठनपाठन सुचारु हुनेछ । यद्यपि मन्थली नगरपालिकाले भने दसैँ एक हप्ता बिदा दिने भएको छ ।
मकालु खबर
२०७८ असोज २४ गते
प्रतिक्रिया
सम्बन्धित