सेयर बजार २१ अंकले घट्यो, साढे ४ अर्बको कारोबार
मकालु खबर
२०७८ असोज २४ गते
कामठाडौँ । आइतबार सेयर बजार (नेप्से) परिसूचक घटेको छ । यस दिन परिसूचक २१ अंकले घटेर २६५९ अंकमा समेटिएको छ । कारोबारको सुरुमा परिसूचक बढेर २७१८ अंकमा पुगेको भए पनि पछि घटेको हो ।
यस दिन २२० कम्पीको ४ अर्ब ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
यस दिन फाइनान्स, जीवन बीमा र लगानी कोषबाहेक सबै समुहको परिसूचक घटेका छन् । सपोर्ट माइक्रो फाइनान्स, मैलुङ खोलालगायतका कम्पनीको सेयर १० प्रशितले बढेका छन् ।
त्यस्तै, ५० प्रतिशत लाभांश घोषणा गरेको महिला लघुवित्तको सेयर पनि बढेको छ ।
मकालु खबर
२०७८ असोज २४ गते
प्रतिक्रिया
सम्बन्धित