श्रेष्ठको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका पूर्वपरीक्षा नियन्त्रक एवं पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पूर्वाध्यक्ष प्रा. बद्रिनाथ श्रेष्ठको असामयिक निधनप्रति दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ‘ट्विटर’मार्फत प्रा. श्रेष्ठको निधनको खबरले आफू अत्यन्तै मर्माहित भएको बताएका हुन्। साथै प्रधानमन्त्रीले यस दुःखद घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समबेदना व्यक्त गरेका छन् ।
त्रि.वि.का पुर्व परीक्षा नियन्त्रक एवं पुर्वाञ्चल बिश्वबिद्यालय सेवा आयोगका पुर्व अध्यक्ष प्रा.बद्रीनाथ श्रेष्ठको असामयिक निधनको खवरले अत्यन्तै मर्माहित बनाएको छ। यस दु:खद घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समबेदना व्यक्त गर्दछु। pic.twitter.com/qX9KmIBKMQ
— Sher Bahadur Deuba (@SherBDeuba) October 16, 2021