मोहन वैद्य अस्पताल भर्ना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी आइतबार (आज) थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् । दम रोग पीडित उनलाई समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्‍याइएकाे हाे ।

केही दिन अस्पताल बस्नुपर्ने हुनसक्ने उनका आफन्तले बताएका छन् । आज उनको छातीको परीक्षण गरिएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *