विभिन्न जिल्लामा प्रजिअ हेरफेर, को कहाँ ? (सूचीसहित)

काठमाडौँ ।  सरकारले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूको सरुवा गरेको छ । दसैँ बिदापछि कार्यालय खुलेको पहिलो दिन आइतबार नै गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट प्रजिअसहित केही कर्मचारीको सरुवा गरेका हुन् ।

जसअनुसार गृह मन्त्रालयका सहसचिव किरण थापालाई कैलालीको प्रजिअका रूपमा खटाएको छ भने कैलालीका प्रजिअ खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा तानेको छ ।

यस्तै, जगन्नाथ पन्तलाई पाल्पा, हरिप्रसाद घिमिरेलाई अर्घाखाँची र वेदनिधि खनाललाई सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीका रूपमा खटाएको छ ।

यसै गरी डोल्पाका प्रजिअ माधवप्रसाद ढकाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा खटाएको छ भने डोल्पामा कारागार व्यवस्थापन विभागका निर्देशक वेदनिधि अधिकारीलाई प्रजिअ बनाइएको छ ।

नेत्रप्रसाद शर्मालाई मुस्ताङ पठाइएको छ भने मुस्ताङका प्रजिअ श्रीनाथ पौडेललाई रोल्पामा सहायक प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

अर्घाखाँचीका प्रजिअ विष्णु पौडेललाई गृह मन्त्रालयमा तानिएको छ भने मन्त्रालयका राजु पौडेललाई स्याङ्जाको प्रजिअका रूपमा खटाइएको छ । स्याङ्जाका प्रजिअ दिपकराज नेपाल गृह मन्त्रालयमा काज सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *