गृहमन्त्री खाण गृह जिल्ला रुपन्देही जाँदै

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाण गृह जिल्ला रुपन्देही जाने भएका छन् । २९ असारमा गृहमन्त्री भएपछि उनी पहिलो पटक गृह जिल्ला जान लागेका हुन् ।

मन्त्री खाण बिहान ९ः४५ बजे भैरहवा जाने निजी सचिव नरेन्द्र केसीले जानकारी दिए । आजै साँझ ५ः५० मा भैरहवाबाट काठमाडौँ फर्कनु अगाडि उनी जिल्लाका विभिन्न स्थानमा आयोजित चार कार्यक्रममा सहभागी हुनेछन् । भैरहवा पुगेपछि बिहान ११ बजे भैरहवामा रहेको नेपाली काँग्रेसको पार्टी कार्यालयमा पार्टीका नेता कार्यकर्तासँग भेटघाट गर्ने छन् ।

त्यसपछि साढे १ बजेसम्म जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा जिल्लाका कार्यालय प्रमुखहरूसँग भेटघाट गर्ने कार्यपालिका तय भएको छ । कार्यालय प्रमुखहरूसँगको भेटघाट सकिएपछि मणिग्रामस्थित निवासमा पुग्नेछन् । त्यसपछि ५ बजे भैरहवा विमानस्थलमा फर्किएर काठमाडौँ फर्कने कार्यपालिका तय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *