माओवादी स्थायी कमिटी बैठक जारी, यी हुन् एजेण्डा

काठमाडौँ । सत्तासाझेदारी दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बसिरहेको छ । बैठक पार्टी मुख्यालय पेरिसडाँडा, कोटेश्वरमा बसिरहेको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए ।

पाेखरेलकाअनुसार बैठकमा पार्टीको राष्ट्रिय सम्मेलनअघि गर्नुपर्ने तल्ला तहका सम्मेलनहरूको कार्यतालिका तय गर्नेबारे छलफल भइरहेको छ । यस्तै बैठकले सरकारको समीक्षा, सत्ता गठबन्धनलाई आगामी चुनावसम्म लानका लागि कसरत गर्नेलगायतका विषयमा समेत छलफल गरिरहेकाे छ ।

माओवादी केन्द्र ‘अर्ली इलेक्सन’ को विपक्षमा छ । सत्ता गठबन्धनको केन्द्रको संयन्त्रलाई वडा तहसम्म लैजानेबारेमा समेत छलफल भइरहेको बेला माओवादी बैठकमा यी विषयसमेत एजेण्डा बनेका छन् ।

माओवादीले अन्य वामपन्थी पार्टीहरूसँग पनि एकताको पहल गरिरहेको छ । यसका लागि अध्यक्ष प्रचण्डले नै पहल थालेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *