वैद्य भेट्न नर्भिक पुगे प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मोहन वैद्य ‘किरण’ लाई भेटेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि सोमबार (हिजो) थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव वैद्यलाई भेट्न प्रचण्ड अस्पताल पुगेका हुन् ।

सचिवालयकाअनुसार अस्पतालमा पुगेर प्रचण्डले वैद्यको स्वास्थ्य स्थितिबारे बुझेका छन् । लामो समययता दम रोगपीडित वैद्यको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्‍याइएको हो ।

केही दिन अस्पताल बस्नुपर्ने हुनसक्ने उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूले बताएका छन् । वैद्यको सोमबार छातीको परीक्षण गरिएको थियो ।

वैद्य–प्रचण्डबीच पुरानो राजनीतिक नाता छ । उनीहरू सशस्त्र द्वन्द्वका बेला सँगै थिए । पछिल्लो समय उनीहरूले आपसमा एकता गर्नेसमेत बताउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *