सिन्धुपाल्चोकमा १० मिनेटको अन्तरमा दुई वटा भूकम्प
मकालु खबर
२०७८ कार्तिक १ गते
काठमाडौँ । सिन्धुपाल्चोकको फाङफुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सोमबार दिउँसो १० मिनेटको फरकमा दुई पटक ४ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
पहिलो भूकम्प १ बजेर ४७ मिनेटमा र दोस्रो पटक १ बजेर ५६ मिनेटमा मापन गरिएको केन्द्रले जनाएको छ । यो २०७२ वैशाख १२ कै भूकम्पकै पराकम्प रहेको पनि केन्द्रले बताएको छ । भूकम्पबाट के कति क्षति भयो भन्नेबारे विवरण आइसकेको छैन ।
मकालु खबर
२०७८ कार्तिक १ गते
प्रतिक्रिया