ओलीले समन्वय नगर्दा विद्रोह भयो : मन्त्री झाँक्री

पाल्पा । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले केपी शर्मा ओलीले समन्वय नगर्दा आफूहरूले विद्रोह गरेको बताएकी छन् । ‘नयाँ संविधान कार्यान्वयन गरेर मुलुकलाई आर्थिक, सामाजिक रुपान्तरण गर्ने मौका उहाँ (ओली) लाई थियो,’ मन्त्री झाँक्रीले सोमबार (आज) पाल्पामा पत्रकारहरूसँग भनिन्, ‘त्यो मौकामा आफ्नै बहुमतको सरकार थियो । सामान्य समन्वय नगरेर एक्लै हिँड्ने जुन प्रयास गर्नुभयो, त्यो राम्रो भएन ।’

यसपछि आफूहरू विद्रोह गर्न बाध्य भएको मन्त्री झाँक्रीले बताइन् । ‘तयसपछि सुशासन होइन्, कुशासन दिने जुन प्रयास गर्नुभयो उहाँले । त्यसैबाट विद्रोह र भत्किने प्रक्रिया शुरू भएको हो,’ मन्त्री झाँक्रीले भनिन् ।

आफूहरु अलग पार्टीमा बस्ने अवस्थाको कारक ओली नै रहेको मन्त्री झाँक्रीले बताइन् । ओलीतर्फ लक्षित गर्दै उनले भनिन्, ‘उहाँले पार्टीलाई सही ढंगले चलाउनुभएन् । राज्यसत्ता सही ढंगले चलाउनुभएन् । जवाफदेहीता दिनुभएन् । हावाका गफ गर्नुभयो ।’

फरक प्रसङ्गमा मन्त्री झाँक्रीले वर्तमान सरकारले भ्रष्ट्राचार र कुशासनविरुद्ध काम गर्ने बताइन् । ‘विगतमा पनि भ्रष्ट्राचार र गलत शासनका विरुद्ध लड्दै आएकाले सरकारले जवाफदेहीता, पारदर्शीता र भ्रष्ट्राचारविरुद्धको शून्य सहनशीलतालाई प्राथमिकतामा राखेर काम गर्छु,’ मन्त्री झाँक्रीले भनेकी छन् ।

यस्तै मन्त्री झाँक्रीले आफ्नो प्राथमिकता सधैँ सुशासन र भ्रष्टाचारविरुद्ध हुने प्रण गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *