राखेप सदस्य सचिव सिलवाललाई बर्खास्त गर्ने सरकारको निर्णय

२०७८ कार्तिक १ गते

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवालको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै बर्खास्त गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।
सरकारले यसअघि उनलाई दुई पटक स्पष्टीकरण सोधेको थियो । सिलवालले दिएको जवाफ चित्त बुझ्दो नभएको भन्दै आजको मन्त्रिपरिषद् बैठकले बर्खास्तको निर्णय गरेको हो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले उनलाई दोस्रो पटक सदस्य सचिव नियुक्त गरेका थिए ।
सरकार परिवर्तन भएसँगै देउवा नेतृत्वको सरकारले ओली नेतृत्वको पालामा नियुक्त भएका पदाधिकारीलाई बर्खास्त गर्दै आएको छ ।

२०७८ कार्तिक १ गते
प्रतिक्रिया
सम्बन्धित