अमेरिकी पूर्व विदेशमन्त्री पावेलको निधन

वासिङ्टन । अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावलको निधन भएको छ । उनको आइतबार कोरोना सङ्क्रमणबाट ८४ वर्षको उमेरमा निधन भएको हो ।

राजनीतिक क्षेत्रमा आउनु अघि उनी पूर्व उच्च पदस्थ सैनिक अधिकारी थिए । रिपब्लिकन जर्ज डब्ल्यु बुसको कार्यकालमा सन् २००१ मा उनी पहिलो अफ्रिकी – अमेरिकी विदेश मन्त्री बनेका थिए ।

उनको परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ , ‘ हामीले एक प्रिय पति , पिता , हजुरबुबा र एक महान अमेरिकी नागरिक गुमाएका छौँ । उनको उपचारमा संलग्न चिकित्सक टोलीलाई हामी धन्यवाद दिन चाहन्छौँ । ’

उनले कोरोना विरुद्धको दुवै डोज खोप लिएको बताइएको छ । नरमपन्थी रिपब्लिकन पावेलले सन् २००८ मा बाराक ओबामालाई समर्थन गर्न पार्टी छाडेका थिए । उनी थुप्रै प्रभावशाली अमेरिकी राजनेताका विश्वासिलो सैनिक सल्लाहकारको भूमिका निभाएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *