महाकालीको बाढीले खतराको सतह नाघ्यो, शारदा ब्यारेजमा आवागमन बन्द
२०७८ कार्तिक २ गते
धनगढी । आइतबार रातिदेखि लगातार भइरहेको वर्षापछि महाकाली नदीमा पानीले खतराको सतह नाघेको छ । मंगलबार बिहान गरिएको मापनअनुसार महाकालीमा पानीको सतह बढेर तीन लाख ९१ हजार क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले बताए ।
नदीमा पानीले खतराको सतह नाघेपछि शारदा ब्यारेजमा आवागमनमा रोक लगाइएको उनले बताए । शारदा ब्यारेजमा सवारीसाधन र मानिसको आवागमनलाई पूर्ण रूपमा रोक लगाइएको छ ।
महाकाली नदी तटीय क्षेत्रमा पस्दा धेरै परिवार प्रभावित भएको र तथ्याङ्क सङ्कलन तथा उद्धारको काम भइरहेको डीएसपी न्यौपानेले जानकारी दिए ।
२०७८ कार्तिक २ गते
प्रतिक्रिया
सम्बन्धित