एभरेष्ट बैंकको २७औँ वार्षिकोत्सवमा रक्तदान र निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ। एभरेष्ट बैंकले आफ्नो २७ औँ वार्षिकोत्सवमा मुख्य शाखा, लाजिम्पाटमा रक्तदान र निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न गरेको छ । रगतको बढ्दो माग आपूर्तिका निम्ति बैंकका कर्मचारीहरू तथा सर्वसाधारणले रक्तदान कार्यक्रममा सहभागिता जनाएका थिए ।

उक्त कार्यक्रममा धेरै ग्राहक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । रगतको बढ्दो मागलाई पुरा गर्ने उद्देश्यले बैंकका ५० भन्दा बढी कर्मचारीहरू तथा ग्राहकहरूले रक्तदान गरेका थिए । त्यसै गरी १०० भन्दा कर्मचारीहरू तथा ग्राहकहरूले निःशुल्क जाँच शिविरबाट वरिष्ठ चिकित्सकहरूबाट पोस्ट कोभिडको बारेमा आवश्यक परामर्श लिएका छन् ।

यसै कार्यक्रमको सिलसिलामा बैंकमा २५ वर्षभन्दा बढी सेवारत कर्मचारीहरूलाई सम्मान गरेको छ । यसैगरी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर महानगरपालिकासँग शंखमूलस्थित घाटमा विद्युतीय शवदाह उपकरण उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो सम्झौता पत्र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र ललितपुर महानगरपालिकाका मेयर  चिरिबाबु महर्जनका बीच साटासाट गरिएको थियो । यसै अवसरमा बैंकले बानेश्वरस्थित शाखाका एक जना पुराना ग्राहकलाई अभिनन्दन पनि गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *