महाधिवेशन प्रतिनिधि र नेतृत्वमा पुग्न एमालेमा यी योग्यता चाहिने (पूर्णपाठ)

काठमाडौँ । नेकपा (एमाले) ले महाधिवेश प्रतिनिधि र केन्द्रीय नेतृत्वमा पुग्नका लागि आवश्यक योग्यता तोकेको छ । गत असोज १५ देखि १७ सम्म विधान महाधिवेशन गरेको एमालेले आगामी मंसिरमा नेतृत्व महाधिवेशन गर्दैछ ।

उक्त नेतृत्व महाधिवेशनमा प्रतिनिधि र केन्द्रीय नेतृत्व बन्नका लागि एमालेले योग्यता तोकेको हो । महाधिवेशनमा प्रतिनिधि बन्नका लागि कम्तीमा १० वर्ष पार्टी सदस्य भएका व्यक्ति मात्र योग्य हुने एमालेले जनाएको छ ।

पार्टीको संशोधित विधानले महाधिवेशन प्रतिनिधि चुनिनका लागि १० वर्षको योग्यता तोकेको हो । तर महिला, दलित, श्रमिक, अल्पसंख्यक, आदिवासी जनजाति र अपांगता भएका व्यक्तिहरूको हकमा भने ७ वर्ष भए पुग्नेछ ।

महाधिवेशन प्रतिनिधिमा निर्वाचित व्यक्तिहरू अर्को महाधिवेशन नभएसम्म महाधिवेशन प्रतिनिधि परिषद् सदस्यको हैसियतमा रहनेसमेत भनिएको छ । दुई महाधिवेशनको बीचमा परिषद्को बैठक बस्नेछ ।

यस्तै सबै तहका कार्यकारी कमिटीमा ७० वर्षे उमेर हद विधानमा लगाइएको छ । तर ७० वर्ष पूरा नहुँदै निर्वाचित वा मनोनित भएको व्यक्तिले अर्को महाधिवेशन वा अधिवेशन नभएसम्म आफू निर्वाचित भएको पदमा रही जिम्मेवारी बहन गर्न बाधा नपुग्ने विधानमा उल्लेख छ ।

यसका साथै एमालेबाट निर्वाचित सबै तहका जनप्रतिनिधिले आफू निर्वाचित भएको दुई महिनाभित्र पार्टीमा सम्पत्ति विवरण बुझाउनुपर्ने र पद सकिनुभन्दा २ महिनाअघि सम्पत्ति विवरण अद्यावधिक गर्नुपर्ने प्रावधानसमेत विधानमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *