टापुमा फसेकाको उद्धारमा समस्या, धनगढी फर्कियो हेलिकोप्टर

धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका ९ स्थित मुसेटीमा महाकाली नदीको टापुमा फसेकाहरूको उद्धार गर्न समस्या भएको छ । उद्धारका लागि सुर्खेतबाट आएको सेनाको हेलिकप्टर मौसम खराबीका कारण धनगढीमा ल्यान्ड भएको छ ।
खराब मौसमका कारण बाढीग्रस्त क्षेत्र मुसेट्टी पुग्न नसकि हेलिकोप्टर धनगढी फर्किएको सेनाको सुर्खेत कमान्डका जर्नेल प्रेम शाहीले जानकारी दिए । सुर्खेतबाट उडेको हेलिकप्टर खराब मौसमले कंचनपुरको मुसेट्टी पुग्न नसकेको उनले बताए ।
डडेल्धुराको जोगबुढा रुट हुँदै पहाडै पहाडको खोचबाट मुसेट्टि जान खोजेपनि ‘भिजिबिलिटी’ नभएको र अर्को रुटबाट प्रयास गर्दा समेत सम्भव नभएपछि धनगढी ल्यान्ड गरिएको उनले बताए । मौसम अनुकुल भए लगत्तै हेलिकोप्टर उद्धारमा खटाइने पनि जर्नेल शाहीले बताए ।
नदीको टापुमा फसेको पाँच जनाको नायक परिवार भने रुखको भरमा छ । ज्यान जोगाउन चढेको रुख पनि ढल्ने अवस्थामा पुगेको स्थानीयबासिन्दाले बताएका छ्न ।
कुखुरा फार्ममा कुरुवा बस्न गएका भीमदत्त नगरपालिका ९ मुसेट्टिको एकै परिवारका ५ जना सोमबार रातिदेखी फसेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार ३६ वर्षीय पुष्कर नायक, ३२ वर्षीया शान्ति नायक, १० वर्षीय अजय नायक, चार वर्षीय सुरज नायक र ५० वर्षीया गौरी खड्का रुखको कापमा अडिएर बसेका छन् । रुख जति बेला पनि ढलेर दुर्घटना हुनसक्ने भएकाले तत्काल उद्धार गर्न आवश्यक रहेको स्थानीयबासिन्दाले बताएका छन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *