डोटीमा बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या ११ पुग्यो

धनगढी । डोटीमा बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । सायल गाउँ पालिका वडा नं ५ गुरेनाडमरीका ५५ वर्षीया हिरूवा बिकको मङ्गलबार बेलुका पहिरोमा पुरिएर मृत्यु भएको छ । उनका छोरा रमेश बिक र भतिजा भिम बिक घाइते भएका छन् ।

त्यस्तै छत्रेश्वर खोलाले बगाउदा बेपत्ता भएका सायल गापा १ का ७४ वर्षीया बिरे रोकेया मृत फेला परेका छन् । उनी घरदेखि १०० मिटर तल फेला परेका थिए । योसंगै डोटीमा मृत हुनेको संख्या ११ पुगेको हो ।

आदर्श गाउँपालिको वडा नम्बर ६ बगिना गाउँका २५ घर पहिरोले क्षति गरेको स्थानीयले जानकारी दिएका छन् । घरमा क्षति गरेपछि स्थानीय विस्थापित भएका छन् । उनीहरूलाई स्थानीय बबिना आधारभूत विद्यालयमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *