कनेक्टिभिटी स्ट्यान्डर्ड्स एलायन्सको बोर्ड अफ डाइरेक्टर्समा ओपो सम्मिलित
मकालु खबर
२०७८ कार्तिक ३ गते
काठमाडौँ । ओपो र द कनेक्टिभिटी स्ट्यान्डर्ड्स एलायन्स (सीएसए)ले संयुक्तरुपमा ओपो एलायन्सको बोर्ड अफ डायरेक्टर्समा सम्मिलित भएको घोषणा गरेको छ ।
नयाँ भूमिकाअन्तर्गत ओपोले प्रमुख सदस्यका रुपमा ईन्टरनेट अफ थिंग्स (आईओटी) कनेक्टिभिटी प्रोटोकल मामिला, म्याटरको विकासका तथा चीनमा प्राटोकलको प्रवर्द्धनका लागि अग्रणी भूमिका निभाउने जानकारी दिइएको छ ।
सबैका लागि त्रुटीरहित कनेक्टिभिटी र अत्याधुनिक आईओटी अनुभव उपलब्ध गराउने आफ्नो उद्देश्यअनुसार ओपोले सीएसए तथा आईओटी समुदायसँगको आफ्नो सहकार्यलाई अझ प्रगाढ बनाउँदै खुला तथा दीर्घकालीन आईओटी ईकोसिस्टम निर्माणका लागि आफ्नो तत्परतालाई निरन्तरता दिइरहने प्रतिबद्धता व्यक्त गरेको छ ।
मकालु खबर
२०७८ कार्तिक ३ गते
प्रतिक्रिया
सम्बन्धित