ओली भन्छन्- ‘एमालेले चाहे ७ दिनमा यो सरकार ढल्छ’

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधान मन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकार एमालेले चितायो भने ७ दिनभित्र ढाल्ने बताएका छन् । ‘यो सरकार ढाल्नुपर्यो भने धेर त होइन, ७ दिनभित्र ढल्छ,’ बुधबार (आज) बागमती एमालेको अधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘एमालेले सक्छ यो गर्न । यस्तै साँठगाँठ, गठबन्धन, मोर्चाबन्दी गर्ने हो भने सकिन्छ । लोभीपापीहरू छन् दिँदैनन् । के गर्नु ? एमालेले अरु पार्टीले भन्दा बढी दिन सक्छ । हामी त सिङ्गै एक्लै हो ।’

ओलीले एमालेले प्राप्तिलाई नभइ विजयलाई मान्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *