म्यानचेस्टर युनाइटेड जितमा रोनाल्डोले गरे निर्णायक गोल


काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले शानदार कमब्याक जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले इटालियन क्लब एटलान्टामाथि ३-२ गोल अन्तरको कमब्याक जित हासिल गरेको हो ।
युनाइटेडको जितमा क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गर्दै रोमाञ्चक जित दिलाएका छन् । खेलमा एटलान्टाका मारिओ पासालिकले खेलको १५औँ मिनेटमा गोल गरेका थिए भने खेलको मेरिह डेमिरलले खेलको २८औँ मिनेटमा गोल गर्दै एटलान्टालाई दोहोरो अग्रता दिलाएका थिए ।
पहिलो हाफमा २-० ले पछि परेको म्यानचेस्टर युनाइटेडले कमब्याक गर्दै जित हासिल गरेको थियो । युनाइटेडका लागि मार्कस राशफोर्डले खेलको ५३औँ मिनेटमा गोल गरेका थिए भने ह्यारी माग्युरेले खेलको ७५औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए । त्यस्तै क्रिस्टियानो रोनाल्डोले खेलको ८१औँ मिनेटमा निर्णायक गोल गर्दै युनाइटेडलाई जिताएका थिए ।यो जितपछि म्यानचेस्टर युनाइटेडको समूह एफमा ३ खेलमा २ जित र एक हारसहित ६ अङ्कसहित शीर्ष स्थानमा
रहेको छ । त्यस्तै एटलान्टाको ३ खेलमा ४ अंक सहित दोस्रो स्थानमा रहेको छ ।
