बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि प्रधानमन्त्री देउवा बझाङमा

धनगढी । सुदूरपश्चिम प्रदेशका विभिन्न बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा निरीक्षणका लागि प्रधानमन्त्री देउवा शुक्रवार सुदूरपश्चिम पुगेको छन् । यस क्रममा देउवा अहिले बझाङ पुगेका छन् ।

प्रधानमन्त्री देउवा जिल्लाको अति प्रभावित क्षेत्र थलाराकाे अवलोकन/निरीक्षणका लागि पुगे पनि त्यहाँ हेलिकप्टर अवतरण हुन सकेन । हेलिकप्टर सदरमुकामस्थित सेनाको ब्यारेकमै अवतरण भएको छ ।

प्रधानमन्त्री देउवा अहिले थलारासहित जिल्लामा बाढी पहिरोले पुर्‍याएको क्षतिबारे सेनाकै हलमा स्थानीय प्रशासन, सुरक्षा निकाय र जिल्लाका प्रमुख व्यक्तिसँग जानकारी लिइरहेका छन् ।

उनले यसअघि डोटीमा बाढी पहिरोले पुर्‍याएको क्षतिबारे जनप्रतिनिधि, सरोकारवालासँग र स्थानीयसँग जानकारी लिएका थिए ।  पछिल्लो तथ्याङ्क अनुसार बाढी पहिरोका कारण सुदूरपश्चिममा ३० जनाको मृत्यु भइसकेको छ । २४ जना बेपत्ता भएका छन् भने १६ जना घाइते भएको छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *