बाढीपीडितलाई क्षतिपूर्ति दिन राष्ट्रपतिको आग्रह

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बाढीपहिरोले धानबाली र भौतिक पूर्वाधारमा क्षति पुर्‍याएको भन्दै किसानलाई क्षतिपूर्ति दिन आग्रह गरेकी छन् ।

बिहीबार राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीले प्रकोपबाट कृषि क्षेत्र खासगरी धानबाली र विविध भौतिक पूर्वाधार विनाश भएको भन्दै राहत‚ क्षतिपूर्ति र पुनर्निर्माणमा समन्वयात्मक रुपमा अघि बढ्न आग्रह गरेको बताइएको छ ।

उनले प्रकोप पीडितहरूको उद्धार तथा व्यवस्थापन‚ घाइतेहरूको उपचार‚ राहत वितरण र वेपत्ता भएकाहरूको खोजीकार्यमा राज्यका संयन्त्र परिचालित गराउने कार्यमा सम्बद्ध निकायको ध्यान पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

देशका विभिन्न भागमा आएका बाढी‚ पहिरो र डुबानले भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति भण्डारीले यस्तो अवस्थामा सबै राजनीतिक दल‚ सामाजिक संघसंसथालगायतलाई आवश्यक समन्वय र सहकार्य गरी उद्धार तथा राहत वितरण कार्यमा संलग्न हुनसमेत आग्रह गरेकी छन् ।

केही समययता परेको अविरल वर्षाका कारण देशका केहि जिल्लाहरू डुबानमा परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *