नेप्से १४ अकंले घट्यो, कारोबार रकम साढे २ अर्ब

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार (नेप्से) परिसूचक १४.७० अकंले घटेको छ ।

बुधबार नेप्से ६० अङ्कले बढेको थियो । बिहीबार कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक ०.५७ प्रतिशतले घटेर २५५६.९५ बिन्दुमा पुगेको छ ।

सेन्सेटिभ परिसूचक ०.६५ अकंले घटेर ४८३.३९ बिन्दुमा पुगेको छ । यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये २ वटा समूहका उपसूचक बढेको र बाँकी सबै सूचकहरू घटेका छन् ।

बिहीबार कारोबारमा आएका २१६ कम्पनीका ६१ लाख ६ हजार ४ सय ५२ कित्ता सेयर २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ६ सय ६० रुपैयाँमा खरिद-बिक्री भएको छ ।

यस दिन मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *