एमाले स्थायी कमिटी बैठक शुरू, यी हुन् एजेण्डा

काठमाडौँ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक शुरू भएको छ । ललितपुर, च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुरू भएको बैठकमा समग्रमा सबै विषयमा छलफल हुने नेता सुवासचन्द्र नेम्वाङ्गले जानकारी दिए ।

उनकाअनुसार बैठकमा खासगरी विधान महाधिवेशनको समीक्षा, कार्तिक ६ र ९ गते क्रमशः हुने वडा र स्थानीय तहको अधिवेशनलगायतका विषय छलफल हुनेछ । सँगै राष्ट्रिय अधिवेशन कसरी भव्य रूपमा सम्पन्न गर्ने भन्ने विषयमा समेत छलफल हुने नेम्वाङगले बताए । महाधिवेशनलाई सफल पार्ने विषयमा ‍आउँदा दिनमा पनि बैठक बस्ने बताए ।

यसैगरी आजकाे बैठकले बाढी पहिरोपीडितहरूको सुरक्षार्थ खट्न सरकारलाई आग्रह गर्ने भएको छ । हालैको अविरल वर्षापछि भएको जनधनको क्षतिका सम्बन्धमा छलफल हुनेछ ।

यसअघि विधान महाधिवेशन समापनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने माग आएकाले अन्यथा निर्णय नभए बुटवलमै महाधिवेशन गर्ने घोषणा गरेका थिए । एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेका लागि तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *