राष्ट्रिय वाणिज्य बैंकको शाखा सर्लाहीको बयलवासमा
मकालु खबर
२०७८ कार्तिक ४ गते
काठमाडौँ ।राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सर्लाहीको बयलवासमा शाखा विस्तार गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रदेश २ स्थित सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका ६ स्थित शाखा कार्यालय बयलवासमा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।
बैंकको शाखा कार्यालयहरूको संख्या २५५ पुगेको जनाएको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५५ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ रहेको छ ।
मकालु खबर
२०७८ कार्तिक ४ गते
प्रतिक्रिया
सम्बन्धित