सानिमा बैंक अब काठमाडौँको चपली र भक्तपुरको बालकोटमा

काठमाडौँ । सानिमा बैंक लिमिटेडले काठमाडौँको चपली र भक्तपुरको बालकोटमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ ।

चपली कार्यालयको उद्घाटन बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ र बुढानिलकण्ठ नगरपालिका ७ का अध्यक्ष बसबहादुर महर्जनले संयुक्त रुपमा गरेका हुन् ।

यसैगरी बालकोट कार्यालयको उद्घाटन सूर्यविनायक नगरपालिकाकी उपमेयर जिना बस्नेत र सूर्यविनायक नगरपालिका २ का अध्यक्ष कमलनाथ आचार्यले संयुक्त रुपमा गरेका हुन् ।  सानिमा बैंकको देशका सातै प्रदेशमा ११६ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *